१७ बैशाख २०८१, सोमबार

‘मन्त्री त भइयो तर चुनौतिको चाङ छ’

ranjita
फाइल फोटो

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मन्त्रालयमा चुनौतिको चाङ रहेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लाखौं जनता भूमिहीन रहेको र त्यसको समाधान आफैंमा चुनौति रहेको बताएकी हुन् । ‘मन्त्री त भइयो तर चुनौतिको चाङ छ । लाखौं जनता भूमिविहीन छन्,’– मन्त्री श्रेष्ठले भनिन् ।

साथै, देश विकासका लागि सहर बनाउनु भन्दा पहिला गाउँ बनाउन आवश्यक रहेको पनि उनको भनाई छ । अब स्मार्ट गाउँको परिकल्पना आवश्यक रहेको उनले बताईन् ।

‘देश बनाउने हो भने सहर बनाउनु भन्दा पहिला गाउँ बनाउन पर्छ । सपना स्मार्ट सहरको होइन, रहर स्मार्ट गाउँको गर्नुपर्छ । हरेक गाउँमा स्वस्थ्य चौकी, खेलकुद मैदान, विद्यालय, सञ्चारसहितको पूर्वाधार हुनुपर्छ,’– उनले भनिन् ।

    सम्बन्धित समाचार...