८ बैशाख २०८१, शनिबार

प्रदेश सरकारको बजेट: बाग्मती प्रदेशको ठुलो, सुदूरपश्चिम प्रदेशको सबैभन्दा सानो

budget nepal

सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७०७८ का लागि बजेट सार्वजनिक गरेका छन्। १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् ।

यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याएको छ।

प्रदेश १ : ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

प्रदेश २ ले आगामी आर्थिक वर्षका लागी चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार विनियोजन गरेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १६ करोड विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन्।

प्रदेश २ : ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो।

आगामी आर्थिक वर्षका लागि चालू तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ १६ करोड बजेट छुट्याइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट प्रस्तुत गरेका हुन्।

बाग्मती प्रदेश : ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार

बाग्मती प्रदेशले आगामी वर्षको बजेटको लागी चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पुँजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

गत वर्ष बाग्मती प्रदेशले ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश : ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

बजेट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेका हुन्।

प्रदेश ५ : ३६ अर्ब ३५ करोड २५ लाख

बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विजियोजन गरिएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा बजेट पेश गरेका हुन्।

कर्णाली प्रदेश : ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार

कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम बजेट ल्याएको छ।

कर्णाली प्रदेश सरकारले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख विजियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट पेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश : ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार

सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षका लागी चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख बजेट विनियोजन गरेको छ ।

बजेट अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पेश गरेका हुन ।

गत वर्ष सुदूरपश्चिमले २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो ।