२६ बैशाख २०८१, बुधबार

कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण

eps
फाइल फोटो

कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ ।

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए । तर, १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन् । ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी छैनन् भन्ने कुरा विद्यालयले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ ।

आधारभूत तह कक्षा ८ को परीक्षामा निजी र सामुदायिक विद्यालयबाट ३३ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य देखिएका छन् । कुनै पनि विषयमा ननग्रेड नपाउनेको प्रतिशत केबल ३३ प्रतिशत मात्रै देखिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

आधारभूत तहको परीक्षा नतिजा हेर्दा कम्तीमा कुनै एक विषयमा ननग्रेड पाउनेको संख्या निकै उच्च देखिएको छ । १ जना विद्यार्थीमा ३३ जना कक्षा ९ मा भर्ना हुन योग्य हुँदा ७७ जना विद्यार्थीको योग्यता पुगेको छैन । विद्यालयमा गुणस्तरीय पढाइ नहुँदा धनगढीमा कक्षा ८ को नतिजा निराशाजनक आएको आजको राजधानी दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...