२४ बैशाख २०८१, सोमबार

सीके राउत को हुन् ? कहाँबाट परिचालित छन् ? : अध्यक्ष यादव

upendra ck 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत को हुन र कहाँबाट परिचालित छन् भन्दै प्रश्न सोधेका छन्।

सोमबार बारा-२ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रहेका अध्यक्ष यादवले सीके राउत को हुन र कहाँबाट परिचालित छन् भन्दै प्रश्न सोधेका हुन्।

बाराको महागढीमाई नगरपालिका-६ मा चुनावी घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘सीके राउत को हो ? कहाँबाट परिचालित छन् ? केका लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ। यसबारे धेरै कुरा खोज्नुपर्छ।’

    सम्बन्धित समाचार...