१५ बैशाख २०८१, शनिबार

कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा छ गठबन्धन सरकार : महेश बस्नेत

mahesh basnet
फाइल फोटो

नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेपाली कांग्रेसको कारण अहिलेको गठबन्धन सरकारले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आउन लागेको टिप्पणी गरेका छन् । तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले सर्वसत्तावादलाई प्रश्रय दिएको, सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको, घुस खाएर सरुवा बढुवा गरेको लगायतका आरोपसमेत लगाएका छन् । कांग्रेसकै कारण अहिले अर्थतन्त्रमा संकट आइरहेको उनको भनाई छ ।

‘सर्वसत्तावादलाई प्रश्रय दिने, भ्रष्टाचारलाई प्रश्रय दिने, दलाल, नोकरशाही, पुँजीपतिहरुलाई प्रश्रय दिने नेपालका उद्योग धन्दा, कल कारखाना समाप्त पार्नका लागि नवउद्धारीकरणको अर्थनीतिलाई अवलम्बन गर्ने, दलालहरुसँग मिलेर सार्वजनिक जग्गा कब्जा गरेर व्यक्तिको नाममा दर्ता गर्ने, घुस खाएर सरुवा गर्ने आज अर्थतन्त्रमा देखिएको संकट यही हो,’– उनले भने ।

अहिलेको १० दलीय सत्ता गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन नसक्ने अवस्था रहेकोसमेत उनले बताए । ‘गठबन्धन सरकार कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा छ । नयाँ बजेट ल्याउन नसक्ने अवस्थामा छ । यो कसको कारणले भन्दा सबै कांग्रेसको कारणले भएको हो,’– बस्नेतले भने ।

    सम्बन्धित समाचार...