२६ बैशाख २०८१, बुधबार

‘रवि दाई र निकिता भाउजुले हेला गर्दा कहाँ जान्छौं ?’

kishan shrestha
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता किसान श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्ले कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणासँग रिस उठेर तनहुँ– १ मा चुनाव लड्न गएको टिप्पणी गरेका छन् ।

तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले भोलि रवि दाई र निकिता भाउजुसँग रिस उठ्े तिमी कहाँ जान्छौं ? भनी स्वर्णिमलाई उनले प्रश्नसमेत गरेका छन् ।

यहाँ कोही उम्मेदवारहरु कस्ता हुनुहुन्छ, दाई भाउजुसँग रिस उठ्यो, दाई भाउजुले पेल्यो भनेर पार्टी छोडेर तनहुँ जिल्लामा चुनाव लड्न आएका छन् । भोलि रवि लामिछाने दाई र निकिता पौडेल भाउजुले हेला गरेभने कहाँ जान्छौं तिमी ?’– उनले प्रश्न गरे ।

साथै, आगामी वैशाख १० गते हुने उप निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन उनले आग्रह गरे । भट्टराईले १० हजार भन्दा बढी मतान्तरले जित्ने पनि उनको दाबी छ ।

    सम्बन्धित समाचार...