५ जेष्ठ २०८१, शनिबार

संवैधानिक परिषद्को बैठक राख्न प्रमुख तीन दल सहमत

three dal

संवैधानिक परिषद्सम्बन्धी बैठक राख्न प्रमुख तीन दलबीच सहमति भएको छ । यस्तै शान्तिप्रक्रियासम्बन्धी विधेयक पनि संसद्‌मा अघि बढाउने विषयमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

संसद्‌मा अघि बढाउन लागिएका विधेयकबारे समझदारी जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका हुन् ।

भाइरल ज्वरोका कारण घरमै आराम गरिरहेका ओलीलाई भेटेर स्वास्थ्य अवस्था बुझ्न र विधेयकहरुबारे समझदारी जुटाउन दाहाल र देउवा एउटै गाडीमा बालकोट पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतमा छिटो प्रधानन्यायाधीश नियुक्तिको बाटो खोल्न संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट पारित गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा सकारात्मक हुन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

बैठकमा तीनै दलका प्रमुख सचेतक, सचेतकहरु पनि सहभागी थिए ।

    सम्बन्धित समाचार...