२६ बैशाख २०८१, बुधबार

प्रभावकारी हुन सकेन हिउँदे अधिवेशन

house

गत पुस २५ गतेबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुने अवस्थामा पुगेको छ। तर प्रतिनिधिसभाले विषय गत समिति गठन गर्न र संयुक्त समिति गठन गर्न सकेको छैन भने विधेयक पनि पारित गर्न सकेको छैन।

यस अवधिमा दुई पटक सरकारले विश्वासको मत लिएको थियो भने सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरेको थियो। यसबाहेक अन्य कुनै महत्वपूर्ण काम हुन नसकेको संसद् सचिवालयको रेकर्डमा देखिन्छ। बरु यस अधिवेशन अवधिभर दुईपटक गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको छ।

प्रतिनिधिसभाको पहिलो बैठकयता ९७ दिन बित्दा जम्मा २३ वटा मात्रै बैठक बसेका यी बैठकमा शून्य समय र विशेष समयमा सांसदले जनसरोकारका कुरा उठाइरहेका छन्। सांसदहरूले देश र स्थानीयस्तरका विभिन्न समस्याबारे उठाएका आवाजको सरकारले सुनुवाइ गरिरहेको छैन। तर सांसदहरूले आआफ्ना तर्फबाट जल्दोबल्दो समस्या उजागर गर्न भने छाडेका छैनन्। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...