२ जेष्ठ २०८१, बुधबार

मन्त्री किराँतीको निर्णयः नेपालमै पाइलट उत्पादन

Sudan Kirati
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई स्कूलहरुलाई इजाजत प्रदान गरेको छ ।

आज (आईतबार) मन्त्रालयले नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । जसमा, श्री शुभम एभिएसन प्रा.लि र श्री चन्द्र सूर्य एभिएसन प्रा.लि. इजाजत दिएको हो ।

‘कार्यविधिमा आवश्यक संसोधन गर्दै नेपालमै पाइलट उत्पादन गर्ने उदेश्यले फ्लाईङ स्कूल खोल्न वर्षौंदेखि मन्त्रालयमा रोकिएका निम्न स्कूलहरुलाई इजाजत प्रदान गरियो ।

१.श्री शुभम एभिएसन प्रा.लि
२.श्री चन्द्र सूर्य एभिएसन प्रा.लि.
प्रक्रिया पुरागरी आउने संस्थालाई नियमानुसार इजाजत प्रदान गरिने छ,’– मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।

    सम्बन्धित समाचार...