१४ बैशाख २०८१, शुक्रबार

समीक्षा लेख्छिन्–‘म कुनै चरित्रहिन छोरी होइन’

samikshya adhikari

गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा आउने गरेका तल्लो स्तरका गाली गलौजलाई लिएर बारम्बार स्पष्टीकरण दिनु परेको छ । उनले, आइतबार सामाजिक संजालमा स्टाटस लेख्दै अगाडि बढ्न खोज्दा आफ्नो खुट्टा तानिएका उल्लेख गरेकी छिन् । समीक्षा लेख्छिन्–‘कुनै पनि घटना, कथावस्तुको वास्तविकता अर्कै हुन्छ ।

तर, देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको वर्षात हुन्छ त कसैलाई तालीको । फिल्मको कथा जस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु ।’

उनले, अरूको जस्तै आफ्नो पनि भावना रहेको उल्लेख गर्दै अगाडि लेखेकी छिन्–‘मेरो पनि मन छ । तपाइको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हर कुरा अर्थहिन हुन जस्तो । म गलत छैन, म कुनै चरित्रहिन छोरी होइन । मेरो पनि परिवार छ तपाइको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’

साङ्गीतिक कार्यक्रमका लागि समीक्षा विगत केही महिनादेखि अस्ट्रेलियामा छिन् । उनले, आफूमाथि बारम्बार नकारात्मक प्रतिक्रिया आउने गरेको भन्दै सामाजिक संजालमा स्पष्टीकरण दिइरहेकी छिन् ।

    सम्बन्धित समाचार...