२६ बैशाख २०८१, बुधबार

अब अध्ययन संस्थान कान्ति बाल अस्पताल

kanti hospital

कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थानमा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपैयाँ खर्च भएको छ ।

डा बसौलाले बाल अध्ययन संस्थान निर्माणका लागि नौ अर्ब ३० करोड रुपैयाँ लागत खर्च हुने उल्लेख गरे। उनले कुल बजेटमध्ये २५ प्रतिशत बजेट आगामी वर्षका लागि माग गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने गरी प्रस्ताव तयार गरिएको जानकारी दिँदै उनले उक्त बजेटमा छवटा भवन बन्ने उल्लेख गरे । उनले हाल कान्ति बाल अस्पतालको ९५ रोपनी क्षेत्रफलमा संस्थानको भवन निर्माण गरिने जानकारी दिए ।

परियोजनाका अनुसार पहिलो तीनवटा ए, बी र सी ब्लकमा अस्पताल सञ्चालन हुने छन् । तीनवटै ब्लकमा गरी कुल एक हजार बेड सञ्चालन हुने बताइएको छ । उनका अनुसार एउटा ब्लकमा शैक्षिक संस्था हुनेछ भने अर्को ब्लकमा होस्टल तथा कर्मचारी निवास रहने छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...