२२ बैशाख २०८१, शनिबार

स्ट्राइकर मानेमाथि एक खेल प्रतिबन्ध

mane

बायर्न म्युनिखले आफ्नै टिम मेटलाई मुक्का हिर्काएका स्ट्राइकर साडियो मानेमाथि एक खेलको प्रतिबन्ध लगाएको छ ।

सेनेगलका स्ट्राइकर मानेले आफ्ना टिम मेट लेरोय सानेलाई मुक्का प्रहार गरेकाले बुन्डेस लिगाअन्तर्गत होफेनहायमविरुद्धको खेलमा उनलाई निषेध गरिएको हो । गत मंगलबार यूएफा च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीविरुद्धको खेलमा माने र सानेबीच मैदानमै मतभेद भएको थियो ।

जसमा लिभरपुलका पूर्वस्ट्राइकरले सानेलाई हिर्काएका थिए । जर्मन मिडियाका अनुसार यी दुईबीच झगडा हुँदा सानेको ओठ काटिएको बताइएको छ ।

दुईपटकका अफ्रिकन वर्ष खेलाडीको अवार्डबाट सम्मानित मानेले आफूसँग सानेले बोलेको तरिका राम्रो नभएको प्रतिक्रिया दिएका छन् । क्लबले सोही घटनामा आपत्ति जनाउँदै उनलाई जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको एक विज्ञप्तिमार्फत जनाएको छ । बुन्डेस लिगामा शीर्ष स्थानमा रहेको बायर्नले उनीमाथि कस्तो र कतिसम्मका लागि कारबाही गरको भन्नेबारे विज्ञप्तिमा उल्लेख गरेको छैन ।

    सम्बन्धित समाचार...