५ जेष्ठ २०८१, शनिबार

जुम्लामा तागा लगाएर नयाँ वर्ष

jumla mahila

कर्णालीमा नयाँ वर्षलाई वर्ष परिवर्तनसँगै तागे संक्रान्तिका रुपमा मनाउने गरेका छन् । नेपालीहरुको विक्रम संवत् परिवर्तनलाई देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाए पनि जुम्लामा खस समुदायका विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दै तागा लगाउने गर्छन् ।

जुम्ली परम्पराअनुसार पतिले पत्नीलाई तागा लगाएर नयाँ वर्ष मनाइरहेका छन् । जुम्लामा तागे संक्रान्ति मनाउने चलन मल्ल सामाज्यकालदेखि खस समुदायबाट सुरु भएको र कल्याल राज्यकालमा पूर्ण रुपमा यो पर्व विकसित भएअनुसारै अहिलेसम्म पनि मनाउँदै आएका छन् ।

ब्राह्‌मणले विधिपूर्वक पूजाआजा गरेको सात रङको २१ वटा गाँठो भएको तागा विवाहित महिलाले लगाउने गर्छन् । तागा लगाएपछि वर्ष परिवर्तनसँगै कृषि कर्म गर्ने समयको सुरुवात भएको भन्ने बुझिन्छ । वर्षको सुरुवात हुने दिन वैशाख १ गते महिलाहरुले लगाएको तागा कात्तिक ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने परम्परा छ ।

    सम्बन्धित समाचार...