२२ बैशाख २०८१, शनिबार

गुजरात टाइटन्सको रोमाञ्चक जित

341101282 3071125586366074 7757385239909213283 n

इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले पन्जाब किंग्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । १५४ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा पूरा गर्दा शुभम् गिलले अर्धशतकीय इनिङ्स खेले ।

मोहालीस्थित पन्जाब क्रिकेट एसोसिएसनमा भएको खेलमा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पन्जाबले २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनायो । दुई ओपनर सस्तैमा पभेलियन फर्किएपछि दबाबमा आएको पन्जाबले मध्यम प्रदर्शन गरेको थियो ।

प्रभसिमरन सिंह शून्य र कप्तान शिखर धवन ८ रनमा आउट भएका थिए । म्याथ्यु सर्टले ३६, जितेश शर्माले २५, भानुका राजापाक्षले २० र साम करनले २२ रन जोडे । साहरुख खान २२ रनमा रन आउट भए ।

मोहित शर्माले दुई विकेट लिए । जवाफमा गुजरातले १९ ओभर ५ बलमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ऋद्धिमान साह ३० रन बनाउँदै मैदानबाट बाहिरिए । साइ सुदर्शन १९ र कप्तान हार्दिक पान्डेयाले ८ रन मात्र बनाउन सके ।

गिलले ४९ बलमा ६७ रनको योगदान गरेपछि गुजरातले जारी आईपीएलमा तेस्रो जित हात पारेको हो । डेबिड मिल्लर १७ रनमा अविजित रहे । तेस्रो स्थानमा रहेको गुजरातको चार खेलबाट ६ अंक छ । चार अंक जोडेको पन्जाब छैटौं स्थानमा छ । आईपीएलमा आज (शुक्रबार) साँझ पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।

    सम्बन्धित समाचार...