२२ बैशाख २०८१, शनिबार

प्रमुख प्रशिक्षक रुडी गासिर्या बर्खास्त

al nassr

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लब अल नासरले प्रमुख प्रशिक्षक रुडी गासिर्यालाई बर्खास्त गरेको छ ।

उनका कारण मैदान तथा ड्रेसिङ रुममा उत्पन्न तनावका कारण उनलाई साउदी प्रो लिगअन्तर्गत च्याम्पियन अल हिलालविरुद्धको खेल अघि हटाइएको हो । गत आइतबार साउदी प्रो लिगमा अल फायासँग अल नासर गोल रहित बराबरीमा रोकिएपछि रोमा तथा मार्सेका पूर्वप्रशिक्षक गार्सियाले आफ्नो खेलाडीको आलोचना गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनी र खेलाडीको सम्बन्ध पछिल्लो समय चिसिएका कारण गार्सियालाई बर्खास्त गरिएको हो । पछिल्लो समय अलनासरको प्रदर्शनबाट क्लबका मालिक पनि असन्तुष्ट थिए । साथै उनको खेलाउने शैलीमा पनि खेलाडी समायोजन हुन सकेका थिएनन् ।

पछिल्ला चार खेलमा अल नासरले सात अंक मात्रै जोड्न सकेको छ । लिग जित्ने लक्ष्यसहित क्लबले यसै सिजन रोनाल्डोलाई दुई सय मिलियन डलरमा अनुबन्ध गरेको थियो । तर सिजनको सात खेल बाँकी रहँदा अल नासर शीर्ष स्थानको अल इतिहादभन्दा तीन अंकले पछि छ । साउदी सुपर कपको फाइनलमा पनि इतिहादसँग पराजित भएको अलनासरले चिर प्रतिद्वन्द्वी मानिने अल हिलाल, अल सादवलगायत क्लबलाई कुनै पनि प्रतिस्पर्धामा हराउन सकेन ।

    सम्बन्धित समाचार...