२८ बैशाख २०८१, शुक्रबार

दुई वटा मात्रै कार्यसूची आज बस्ने प्रतिनिधिसभा बैठकमा

house
फाइल फोटो

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा दुई वटा मात्रै कार्यसूची रहेको छ ।

संघीय संसदको महासचिव भरतराज गौतमकाअनुसार बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ । यससम्बन्धी प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछिन् ।

यस्तै बैठकले यही चैत २४ गते पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । २०१५ सालको आम निर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नम्बर २६ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।

२०१५ सालमा फागुन ७ देखि चैत २१ सम्म ४५ दिन गरिएको आम निर्वाचन नेपालको इतिहासमा पहिलो प्रजातान्त्रिक निर्वाचन थियो ।

    सम्बन्धित समाचार...