२७ बैशाख २०८१, बिहीबार

वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ

a

महोत्तरीको सोनमा गाउँपालिका – ३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय टोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो ।

उनलाई गौशाला नगरपालिका – २ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।

गौशाला नगरपालिका – ५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

    सम्बन्धित समाचार...