१५ बैशाख २०८१, शनिबार

ला लिगा: बराबरीमा रोकियो बार्सिलोना

ba

स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको छ ।

क्याम्प नोउमा गएराति भएको खेलमा बार्साले खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर रोबर्ट लेवान्डोस्कीको प्रहार गोलमा परिणत हुन सकेन ।

लगातार अवसर सिर्जना गरेको बार्साको लागि जिरोनाका गोलकिपर पाउलो बाधक बने । प्रिमियर लिग क्लब फुलह्यामबाट लोनमा आएका उनले राफिन्हासहितका खेलाडीको प्रहारको उत्कृष्ट बचाउ गरे ।

जिरोनाका ट्याटी क्यास्टेयानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । जारी सिजन बार्साले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो । यसका बाबजुद जाभी हर्नान्डेजको टोलीले दोस्रो स्थानको रियाल मड्रिडसँगको दूरी १३ अंकमा पुर्‍याएको छ । बार्साको २८ खेलबाट ७२ अंक छ । रियालको ५९ अंक छ । जिरोना ३५ अंकसहित ११ औँ स्थानमा छ।

    सम्बन्धित समाचार...