१७ बैशाख २०८१, सोमबार

क्रिकेटर सन्दीप लामिछाने मुद्दा : स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालतको आदेश

Sandeep Lamichhane

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

पीडितको स्वास्थ्य जाँच गर्ने चिकित्सकको सट्टा अर्कै चिकित्सकलाई पठाएर बकपत्र गरेको खुलेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउन आदेश गरेको हो ।

अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतले क्रिकेटर लामिछानेविरुद्ध जबरस्ती करणीको मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाइदिएको थियो ।

उच्च अदालतले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको थियो । उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

    सम्बन्धित समाचार...