१७ बैशाख २०८१, सोमबार

दुई करोड घूस मागेपछि रास्वपाका सांसद पार्टीबाट निलम्बन

dhaka16810270001681029636

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले घूस मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ ।

श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आजै सार्वजनिक भएको थियो । स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि श्रेष्ठलाई सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए ।

अडियोमा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भागमा परेको उल्लेख गर्दै प्रसाईंलाई दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन सभापति रवि लामिछाने तयार रहेको प्रसाईंलाई सनुाएका छन् । प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने, तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिएको छ ।

    सम्बन्धित समाचार...