१६ बैशाख २०८१, आईतवार

 इंग्लिस प्रिमियर लिग: सिटीले घटायो आर्सनलसँगको दूरी

chelsea vs man city

 इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४ – १ गोलले हराएको छ । सिटीको जितमा स्टार खेलाडी अर्लिङ हालाण्डले कीर्तिमानसहित २ गोल गरे ।

सेन्टमेरी स्टेडियममा भएको खेलमा हालाण्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै सिटीको खाता खोलेका हुन् । उनका लागि केभिन डि बु्रयानाले उत्कृष्ट असिस्ट गरेका थिए । योसँगै डि बु्रयनाले प्रिमियर लिगमा आफ्नो एक सयौँ असिस्ट पूरा गरेका छन् ।

५८ औँ मिनेटमा ज्याक ग्रिलियसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि ग्रिलियसले मिलाइदिएको पासमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरे । योसँगै कम खेलमा ३० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनले २७ खेलमा ३० गोलको कीर्तिमान बनाएका हुन्। सबै प्रतियोगितामा गरी उनको यो ४४ औँ गोल हो ।

७२ औँ मिनेटमा सेकउ माराले घरेलु टोलीका लागि एक गोल फर्काए । त्यसको ३ मिनेटमा युलियन अल्भारेजले पेनाल्टीमा गोल गरी सिटीको जित सुनिश्चित गरे । यो जितपछि सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ । उसको २९ खेलबाट ६७ अंक छ । समान खेलबाट आर्सनल ७२ अंकको साथ शीर्ष स्थानमा छ । तालिकाको पुच्छारमा रहेको साउथह्याम्पटनको ३० खेलबाट २३ अंक छ ।

गएराति नै भएका अन्य खेलमा खराब लयमा रहेको चल्सीले उल्भ्ससँग १ – ० गोलको पराजय व्यहोर्‍यो । टोटेनहमले ब्राइटनलाई २ – १ र वेस्टह्यामले फुलह्यामलाई १ – ० गोलले हरायो । न्युक्यासले ब्रेन्टफर्डलाई २ – १ गोलले पराजित गर्दा एस्टोन भिल्लाले नटिङघम् फरेस्टलाई २ – ० गोलले पराजित गर्‍यो ।

    सम्बन्धित समाचार...