१७ बैशाख २०८१, सोमबार

मौसम: स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

weather aajko mausam

आंशिकदेखि सामान्य बदली भइ आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षा हुनेछ । साथै बाँकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ ।

भोलि (सोमबार) गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ

मंगलबार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहने छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...