२३ बैशाख २०८१, आईतवार

ताइवानी नेतालाई चीनको निम्तोले निम्तियो तनाव

tai

ताइवानका पूर्वराष्ट्रपति मा यीङ जुलाई चीनले आमन्त्रण गरेको र प्रभावमा पार्न खोजेको आरोप लागेको छ ।

माले बाह्र दिने चीनको भ्रमणपछि चीन बसाइँका क्रममा ताइवानको प्रशासनले खतरामा धकेलेको बताए। माको विपक्षी दल कयोमिन्ताङले चीनसँग नजिकको सम्बन्ध गाँस्न चाहेको छ । माको हालको भ्रमण चीन र ताइवानको तनावका बीचमा भएको हो ।

ताइवानलाई बेइजिङले राजनीतिक र सैन्य दबाब दिइरहेको छ । ताइवानलाई चिनियाँ सार्वभौमसत्तामा राख्न हरप्रयास गरिरहेको छ । ताइवानले चीनसँग साझा राजनीतिक आधार बनाउन सक्ने माले बताएका छन् । यो कदम ताइवानको जनताको हितमा रहेको उनको भनाइ छ ।

माले व्यक्तिगत क्षमतामा निरन्तर ताइवानको वास्तविक शान्ति र सुरक्षा सुनिश्चित गर्ने बताउँदै आएका छन् । ताइवानको राष्ट्रपति साइ इङ-वेनले आफ्नो राष्ट्र विश्वसँग संसर्गमा रहन कसैले रोक्न नसक्ने बताएकी छन् । राष्ट्रपति साइले अन्तर्राष्ट्रिय समुदायलाई दबाब र धम्कीको सामना गर्न एकताबद्ध अझै भएर लाग्ने बताएकी छन् ।

साई सन् २०१६मा राष्ट्रपतिमा निर्वाचित भएकी हुन् र उनले ताइवानको भविष्य ताइवानी जनताले निर्धारण हुने बताएकी छिन् । उनको शुक्रबार ताइवान फर्कने योजना रहेको छ ।

    सम्बन्धित समाचार...