१३ बैशाख २०८१, बिहीबार

सुरक्षाको ८ सेकेन्ड चुम्बनको चर्चा

Bahav Kiss Scene

केही दिन अगाडि मिडियासँग कुराकानी गर्ने क्रममा नायिका सुरक्षा पन्तले फिल्ममा दिएको अन्तरंग दृश्यमा खुलेरै बोलिन् । उनले, दर्शकलाई फिल्म हेर्नुभन्दा पहिले नै यो दृश्यमा तयार पार्नुपर्ने भन्दै आफूले अन्तरंग दृश्य  दिएको बताइन् । 

फिल्ममा काम गरेपछि अभिनयका कारण राम्रो चर्चा पाएकी सुरक्षाले यस अगाडि ८ सेकेन्ड लामो चुम्बनको दृश्य भने दिएकी थिइनन् । उनी भन्दै थिइन्–‘यो बिषयमा मैले मेरो श्रीमान्लाई केही पनि भनेको छैन । खै के भन्नुहुन्छ कुन्नी ।’

खैर, जेहोस् अभिनयमा अब्बल यी नायिकाको नयाँ कलाकारसँगको ८ सेकेन्ड लामो दृश्य फिल्मको सुरुवातकै दृश्यमा खिचिएको छ । सुरुवातमा त उनी यो दृश्य दिन तयार थिइनन् । तर, निर्देशक प्रमोद कँडेलले यही दृश्यबाट फिल्मको सुरुवात हुने बताएपछि उनी तयार भइन् । एक टेक भन्दा बढी नदिने सहमतिमा यो दृश्य खिचिएको थियो । 

फिल्म चल्नु भन्दा एक  दिन अगाडि यो दृश्यको बिषयमा फिल्मी बजारमा राम्रै चर्चा भैरहेको छ । सुरक्षाले दिएको अन्तरंग दृश्यलाई दर्शकले भने कसरी हेर्ने हुन्, त्यो भोलीबाट थाहा हुनेछ । 
तर, प्रिमियमार नायिका पन्तको अभिनयको चौतफी तारिफ भयो ।

श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा सुरक्षाले छोरीको भूमिका निर्वाह गरेकी छिन् भने कलाकार कमलमणी नेपालले बाबुको भूमिका निर्वाह गरेका छन् । 

    सम्बन्धित समाचार...