१८ बैशाख २०८१, मंगलवार

विभिन्न अपराधिक गतिविधिको शिकार बन्ने खतरासमेत बढ्दै सामाजिक सञ्जाल

socialll media

सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर सामाजिक सञ्जालको सदुपयोग गर्न नजान्दा यसैबाट ठगिने मात्रै नभई यौन दुर्व्यवहारदेखि विभिन्न अपराधिक गतिविधिको शिकार बन्ने खतरासमेत बढ्दै गएको छ ।

फेसबुक, ट्विटर, भाइबर, ह्वाट्याप, टिकटकलगायतका एप्लीकेशन हाम्रो साथी जस्तै बनिसकेका छन् । एक अर्कासँग सहज रुपमा जोडिन सकिने यी एप आफ्नो विचार राख्ने, फोटो, भिडियो राख्ने लगायत सिर्जनात्मक कामका लागि समेत उपयोगी छन् ।

देश विदेशमा भएका आफन्त र साथीसँग जोडिन मात्र होइन अपरिचितहरुसँग समेत जोडिएर सम्बध विस्तारका लागि उपयोगी यी एपले हामीलाई गज्जब अनुभूति मात्रै गराइरहेका छन् कि ? हामी यस्को दुरुपयोगमा परिरहेका छौं ?
के यो हामीले सोचिरहेका छौ ? सिर्जनशिलतामा भन्दा धेरै मनोरञ्जनका लागि प्रयोग गर्ने गरिएका सामाजिक सञ्जालले हाम्रो व्यक्तिगत र सामाजिक जीवन नै पो तहसनहस गरिरहेको छ कि के यो विचार गरेका छौँ ?

नेपाल प्रहरीको साइबर व्यूरोमा आर्थिक वर्ष २०७९–८० मा यस्ता कयौँ उजुरी दर्ता भएका छन् जसले हामीलाई यी सञ्जालहरुको जालोले कसरी तहसनहस बनाइरहेको छ भन्ने देखाउँछ ।

दुर्व्यवहारजन्य अपराध ६४८ उजुरी (१३ प्रतिशत)
डिजिटल फ्रड ९५५ उजुरी (२० प्रतिशत)
रिभेन्ज पोर्न ९०१ उजुरी (१८ प्रतिशत)
फेक प्रोफाईल ८९८ उजुरी (१८ प्रतिशत)
बाल यौन दुर्व्यवहार ३६ उजुरी (१ प्रतिशत)
चरित्र हत्या ७०० उजुरी (१४ प्रतिशत)
ब्याल्क मेलिङको उजुरी ७९९ (१६ प्रतिशत) उजुरी साइबर व्यूरोमा परेका छन् । आपराधिक मनसाय भएका व्यक्तिले तपाईले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा राखेका फोटो, व्यक्तिगत विवरण, च्याट मार्फत गरेका कुराकानी, भिडियो कल लगायतको दुरुपयोग गरिरहेका छन् । ठगी, यौन दुर्व्यवहार, बाल यौन दुर्व्यवहारका घटना पनि भइरहेका छन् ।

यसरी सामाजिक सञ्जालबाट कुनै पनि किसिमको दुर्व्यवहार, ठगी, धम्की लगायतमा परियो भने कानुनी उपचार भने छिट्टै खोज्न सुझाव दिनुहुन्छ, अधिवक्ता बाबुराम अर्याल ।

सामाजिक सञ्जाल व्यक्तिगत र सामाजिक जीवन बनाउन प्रयोग गर्ने कि ध्वस्त पार्न ? यो तपाई हाम्रै हातमा छ ।

    सम्बन्धित समाचार...