३ जेष्ठ २०८१, बिहीबार

उम्मेदवारी दर्ता गराउदै रवि लामिछानेले भने – अब कुनै कानुनी उल्झन छैन

rabi

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

लामिछानेले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि लामिछानेले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले, अब कुनै कानुनी उल्झन बाँकी नरहेको समेत बताएका छन् । उपनिर्वाचनका लागि चितवन क्षेत्र नं. २ बाट मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लामिछानेले मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका हुन् ।

‘मैले देखेको छैन कानुनी उल्झन । कसरी हुन्छ कानुनी उल्झन ? यो देशमा कसैलाई मुद्दा चलाउन मन लाग्यो भने तपाईँको मैले पाँच दिन स्टडी गरेभने कम्तिमा एक सय वटा मुद्दा चल्छ । सक्नैपर्छ भनेर लागिपर्यो भने थाहा छैन मलाई,’– उनले भने ।

गत आम निर्वाचनमा भारी मतान्तरसहित विजयी भएका लामिछाने नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएको थियो । उनको सांसद पद खारेजीपछि अहिले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चितवन– २ को उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित रहेको छ ।