३ जेष्ठ २०८१, बिहीबार

भोलि मनोनयन उपनिर्वाचनका लागि, माओवादी अहिलेसम्म अन्योलमै

prachanda maobadi perisdanda

बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि(सोमबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ।

उपनिर्वाचनमा सहभागी हुन नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा दल दर्ता गराएपनि यो समाचार तयार पार्दासम्म उम्मेद्‍वारबारे ठोस निर्णय गर्न सकेको छैन।

प्रतिनिधिसभाका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा माओवादीले एक क्षेत्रमा ठोस निर्णयगरेपनि अन्य क्षेत्रमा कुनै निर्णय गर्न सकेको छैन।

माओवादीले बारा २ मा सत्ता गठबन्धनका सहयात्री दल जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरेको छ। जसपाबाट बारा २ मा अध्यक्ष उपेन्द्र यादव स्वयं उम्मेद्‍‍वार रहेका छन्। यादवलाई सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले पनि सघाउने निर्णय गरिसकेको छ।

माओवादीले बारा २को बारेमा निर्णय गरेतापनि चितनव २ र तनहुँ १ मा भने अझै अनितिर्ण रहेको छ। सत्ता गठबन्धनका अन्य दलसँग छलफल गरेर मात्र उम्मेद्‍वार टुङ्गो लगाउने पार्टी सचिवालयले जनाएको छ।

    सम्बन्धित समाचार...