३ जेष्ठ २०८१, बिहीबार

कांग्रेसले उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय

Upendra Yadav

बारा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

यसअघि बसेको समितिको बैठकमा पनि यादवलाई नै सघाउनेबारे छलफल भएको थियो। तर विवाद हुँदा उक्त बैठकले निर्णय गरेको थिएन।

आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो। वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो।

    सम्बन्धित समाचार...