१६ बैशाख २०८१, आईतवार

के सौगात मल्ल र श्रृष्टी श्रेष्ठको ब्रेकअप भएको हो ? यसो भन्छन् सौगात

Saugat Srishti e1680248969354

अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ ।

६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टा ग्राम एकाउन्टबाट श्रृष्टीले नायक सौगातसँगका सबै तस्विर हटाएकी छिन् । कुनै समय सौगात र श्रृष्टीका थुप्रै तस्विर इन्स्टा ग्राममा भेटिन्थे । तर, अहिले श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् । उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ पर्यो काले’को मात्र पोष्टर देख्न सकिन्छ ।

फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र श्रृष्टी एकैसाथ थिए । तर, पछिल्लो समय श्रृष्टीको इन्स्टा हेर्ने हो भने उनले सौगातसँगको कुनै पनि तस्विर राखेकी छैनन् । यसैले, पनि यी दुइबिचको सम्बन्धमा खटपट भएको बुझ्न सकिन्छ ।

यस बारेमा सौगातले आफूहरूको ब्रेकअप भएको पुष्टि गरेका छन्।

उनले भने, ‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं।’

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह गर्ने तयारीमा थिए। तर अभिनेता सौगातले विवाहको तयारी नभएको बताए।

‘बिहेको कुरा प्रेसर भएर पनि आएको होला। हामीले प्रेम सम्बन्धमा रहेको खुलासा गरेपछि बिहे कहिले गर्ने भन्ने प्रश्न धेरै आउन थाल्यो। यसैक्रममा अब छिट्टै बिहे गर्ने भनेका हौं। बिहे नै गर्ने भनेर तयारी गरेका थिएनौं,’ उनले भने।

सेलिब्रिटीहरुले सामाजिक संजालमा तस्विर राखेर हटाउँदा सम्बन्धमा खटपट आएको र ब्रेकअप नै भएको यस अगाडि पनि देखिएको छ । फिल्मी बजारमा सौगात र श्रृष्टीबिच ब्रेकअपको चर्चा चलिरहँदा श्रृष्टीले सौगातसँगको तस्विर सबै हटाउनुले पनि यसलाई पुष्टि गर्ने आधार दिन्छ ।

फिल्म ‘गाजलु’ रिलिज भएपछि सौगात र श्रृष्टी नजिक भएका थिए । यसपछि, उनीहरू लामो समय लिभिङ टूगेदरमा पनि बसे । सौगातले श्रृष्टीसँग बिहे गर्ने भन्दै युके पुगेर श्रृष्टीको परिवारसँग कुरा पनि गरेका थिए । फिल्म ‘राधा’ रिलिजको समय अर्थात् भदौमा यी दुईले यही बर्ष बिहे गर्ने समेत बताएका थिए । तर, यी दुईको सम्बन्धले अहिले नयाँ मोडल लिएको देखिन्छ । यो विषयमा सौगात र श्रृष्टीले केही पनि बोलेका छैनन् ।