२१ बैशाख २०८१, शुक्रबार

देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

deuba sekhar

गठबन्धन सरकारमा ८ मन्त्रालय पाएको नेपाली कांग्रेसमा समूहगत भागबण्डा नमिल्दा किचलो भएको छ ।
सभापति शेरबहादुर देउवाले आज बिस्तार हुने मन्त्रिमण्डलमा आफ्नो पक्षलाई सम्माजनक सहभागिता नगराएको भन्दै शेखर कोइराला समूहले किचलो गरेको हो ।

कोइराला समूहले मन्त्रिमण्डलमा आफ्नो पक्षको सम्मानजनक सहभागिता खोजेको छ । मन्त्रिमण्डलमा आफ्ना पक्षलाई सम्मानजनक सहभागिता गराउन डा कोइरालाले शुक्रबार बिहान आफूनिकट पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

छलफलपछि नेता कोइरालाले आफ्नो पक्षले सम्मानजनक सहभागिता नपाए सरकारमा नजाने निर्णय गरेको छ ।
सम्मानजनक सहभागिता नपाए सरकारमा नजाने निर्णय भएको सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभएको छ ।

‘हामी छलफलमा बसेको थियौँ । सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने र बाहिरै बस्ने भनेर हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनेका छौं’ उहाँले भन्नुभयो । शेखर समूहले ३ मन्त्रालय माग गरेको छ । संस्थापन समूहले भने २ मन्त्रालय दिने तयारी गरेको छ ।

छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी हुनुभएको थियो अहिले मन्त्रीको टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक भइरहेको छ । बैठकमा शेखर समूहबाट कोही नेता गएका छैनन् । शेखर समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।