२१ बैशाख २०८१, शुक्रबार

रास्वपाबाट बारा २ मा रमेश खरेल, तनहुँ १ मा स्वर्णिम वाग्ले

ramesh kharel and swarnim wagle

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ १ र बारा २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन –२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ १ मा विहीबार मात्र कांग्रेसबाट देउवा–आरजु गिरोहबाट स्टन्टवाज रवि लामिछानेको शरण्मा पुगेका डा. स्वर्णिम वाग्ले सहित ईश्वर लामिछाने र डा. रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

बारा २ मा रास्वपाले पूर्व डिआजी रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।
तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले स्वर्णिम वाग्लेलाई र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा जनाएको छ।

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं १ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा २ बाट उम्मेदवार बनाउन लागेको हो।

रास्वपाले यी प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

तनहुंमा एमालेले पनि गत निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएको पूर्व आइजीपी सवेन्द्र खनाल उमेद्वार हुने भएका छन् । बारामा जससपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लड्न गत निर्वाचनमा झिने मतले पराजित भएका माओवादी उमेद्वार शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेर उमेद्वार हुने भएका छन् ।

raswa

    सम्बन्धित समाचार...