१८ बैशाख २०८१, मंगलवार

एक महिनापछि हलमा नयाँ नेपाली फिल्म ‘प्रेमा’

Prema 4

आजबाट नेपालभर नयाँ नेपाली फिल्म ‘प्रेमा’ रिलिज भएको छ । फागुनको १९ गते यता कुनै नेपाली फिल्म रिलिज भएका थिएनन् । ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको झण्डै १ महिनापछि हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको हो ।

गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको लभ स्टोरी फिल्म ‘प्रेमा’मा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।

फिल्मले मल्टिप्लेक्समा कम शोज पाएको छ । यदि, व्यापारमा बढेको खण्डमा फिल्मको शोज पनि बढ्ने पक्का छ । प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई निर्देशक भण्डारीले केही फरक शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् ।

फिल्ममा अरुण र शुभेक्षाको प्रेमलाई बुनिएको छ । श्रृष्टीको भूमिका दर्शकका लागि सरप्राइज हुनसक्छ ।

प्राविधिक रुपमा भने यो फिल्म बलियो छ । फिल्मको छायांकनपक्ष राम्रो छ ।

विवेक घिमिरे यस फिल्मका निर्माता हुन् ।

    सम्बन्धित समाचार...