१४ बैशाख २०८१, शुक्रबार

बालुटारमा सत्ता गठबन्धनको बैठक सुरु

10 dal baithak gath

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुटारमा सुरु भएको छ । बैठकले मन्त्रालयको भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ। हिजोको बैठकमा मन्त्रालय भागबन्डाको सहमति भने जुटेन । दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्री दाहाललाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ । गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंगो लगाउने दलहरुको तयारी छ ।

सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठ वटा मन्त्रालयमा दाबी गरिरहेको छ । माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ । यद्यपि, प्रधानमन्त्री दाहालले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन् । यस्तै, एकीकृत समाजवादी र जसपाले कम्तिमा तीन – तीन मन्त्रालय पाउनु पर्ने अडान लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ । धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री दाहाल दबाबमा छन् ।

चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् । १० दलको समर्थन पाएका प्रधानमन्त्री दाहाललाई भागबन्डा मिलाउन सकस परिरहेको छ । साना दललाई व्यवस्थापन गर्दै सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीका लागि चुनौती बनेको छ ।

पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालय हेर्दै आएका छन् ।

    सम्बन्धित समाचार...