८ बैशाख २०८१, शनिबार

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

seto machhindranath jatra final final

काठमाडौं प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैते दशैंका दिनदेखि मच्छिन्द्रनाथको जात्रा शुरु हुन्छ।

वर्षा र सहकालका देवताको रुपमा मानिने मच्छिन्द्रनाथको देवगृहबाट मूलदेवता खटमा राखेर तीनधारा पाठशालामा रथारोहण गरेपछि जात्रा शुरु हुने गुठी संस्थान कार्यालय काठमाडौंका प्रमुख राजेन्द्र दाहालले जानकारी दिए ।

३२ हात अग्लो रथ जात्राको पहिलो दिन तीनधारा पाठशालाबाट रत्नपार्क भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

यस्तो छ रथजात्राको समय तालिका :

आज अपराह्न ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म हुनेछ । ५ बजेदेखि ६ : ३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ : ३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६ : ३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५ : ३० देखि ६ : ३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ : ३० देखि ७ : ३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

    सम्बन्धित समाचार...