१९ बैशाख २०८१, बुधबार

खप्तडबाबा आश्रम वरपर ‘बहाव’को पोस्टर टाँसेर प्रमोसन

IMG 2435

आगामी चैत २४ गतेबाट रिलिज हुने फिल्म ‘बहाव’को खप्तडस्थित खप्तडबाबा आश्रममा प्रमोसन गरिएको छ । हालैमात्र फिल्मको पोस्टर खप्तड बाबा आश्रम वरपर टाँसेर फिल्मको प्रमोसन गरिएको हो ।

फिल्मको तर्फबाट प्रतिनिधित्व गर्दै राजन काफ्लेले आश्रमसहित त्यस वरपर फिल्मको प्रमोसन गरेका हुन् । फिल्मका मार्केटिङ हेड सुदीप दवाडीले खप्तड बाबाको आशीर्वादसँगै त्यस वरपर फिल्मको बारेमा जानकारी दिन त्यहाँ फिल्मको प्रमोसन गरिएको बताए । ‘हामीले आश्रम मात्र होइन, त्यहाँ पुग्ने बाटामा पर्ने प्रत्येक चोकमा पनि फिल्मको प्रमोसन गरेका छौं’, दवाडीले भने, ‘पूर्व नेपालदेखि पश्चिम नेपालसम्म फिल्मको प्रमोसनअन्तर्गत हामी खप्तड बाबा आश्रम पुगेका हौं ।’

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा बनेको हो ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा रहेको फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । फिल्मले ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ विषयलाई बोकेको छ ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । ‘बहाव’ले फिल्म सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि जुनसुकै उमेरका दर्शकले फिल्म हेर्न सक्नेछन् ।

11
IMG 2463
IMG 2532
IMG 3098
IMG 2417

    सम्बन्धित समाचार...