१४ बैशाख २०८१, शुक्रबार

नेकपा एस भन्छ – तीन मन्त्रालय चाहियो, प्रधानमन्त्री भन्छन् : सम्भव नै छैन

prachanda madhav
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) ले मन्त्रिपरिषद्‍मा सहभागी हुन् ३ मन्त्रालयमा दाबी गरेको छ।

मंगलबार बिहानै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जसरीपनि ३ मन्त्रालयको ब्यवस्था मिलाउन आग्रह गरेका थिए।

यस्तै, भर्खरै सम्पन्न भएको सचिवालय बैठकलेपनि पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले बताए।

एकीकृत समाजवादीले तीन मन्त्रालयको मागसहित सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम पनि टुङ्ग्याईसकेको छ।

समाजवादीको सो अडानलाई भने प्रधानमन्त्री दाहालले स्विकारेका छैनन्। उनले १० दलीय गठबन्धनभित्र ९ दलहरुले अधिकतमभन्दा अधिकतम मन्त्रालय मागी रहेको हुँदा सबैलाई समेटेर लग्नुपर्ने बताइरहेका छन्।

बिहान अध्यक्ष नेपालसँगको भेटमा प्रधानमन्त्री दाहालले अहिले ३ मन्त्रालय दिन सम्भव नै नभएको बताएको दाहालको सचिवालयले जनाएको छ। ‘तीन मन्त्रालय मागिएको हो। धेरै दलहरुलाई मिलाएर लैजानु पर्नेछ। तीनवटा मन्त्रालय अहिले नै सम्भव छैन, बेलुका गठबन्धन बैठकमा मन्त्रालयबारे खाका बन्छ। बुधबार फेरि बसौं भन्नुभएको छ’ दाहाल निकट स्रोतले बताएको छ।

    सम्बन्धित समाचार...