२१ बैशाख २०८१, शुक्रबार

‘म त सोह्रसरादको बाहुनजस्तो भएँ’- मन्त्री किराती

Sudan Kirati
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सोह्रसरादको बाहुनजस्तो भएको अनुभव सुनाएका छन् ।

अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा बोल्दै आइतबार उनले त्यस्तो अनुभव सुनाएका हुन् । उनले आफू सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने हुन्छ होला र फुर्सद मिल्छ होला भन्ने अनुमान गरेको भएपनि मन्त्री बनिसकेपछि झनै कामको चाप हुने गरेको अनुभव सुनाए ।

आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुनजस्तो भएको बताउँदै मन्त्री किरातीले भने, ‘मन्त्री भएको ६५ दिन हाराहारी हुँदै छ । लाग्छ म त सोह्रसरादको बाहुनजस्तो पो भएँ त ! हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने ।’

कार्यक्रममा बोल्दै मन्त्री किरातीले मानिसको प्राचीन विधा गीत/संगीत रहेको पनि स्मरण गरे । उनले राजनीतिज्ञ र क्रान्तिकारीहरु अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए । प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने उनको तर्क थियो ।

    सम्बन्धित समाचार...