२२ बैशाख २०८१, शनिबार

बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्प

Earthquake

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटा नजिक केन्द्रबिन्दु बनाएर ४ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतको अनुसार आइतबार राति १० बजेर २७ मिनेटमा भूकम्प गएको हो ।

गएको माघ १० गते गएको भूकम्पले धनजनको क्षति गरेको थियो । यस्तै फागुन १० गते मुगु जिल्लाको सोरु गाउँपालिकाको भिई भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

निरन्तरको भूकम्पका कारण भूकम्पबाट प्रभावित पीडित त्रसित बन्दै गएका छन् । माघ १० गतेको भूकम्पबाट दर्जन बढी घरमा क्षति भएको थियो ।

एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । साथै, भेडाहरु पनि मरेका थिए ।

    सम्बन्धित समाचार...