१६ बैशाख २०८१, आईतवार

लक्जेमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोलको वर्षा

prou

युएफा युरो छनोटमा पोर्चुगलले लक्जम्बर्गलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह (जे) को पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

लक्जम्बर्ग स्टेडियममा पोर्चुगलले प्रभावशाली खेल प्रदर्शन गर्‍यो । पहिलो हाफमा टिमले ४ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । अघिल्लो खेलमा लिचेस्टाइनविरुद्ध पनि रोनाल्डोले महत्वपूर्ण २ गोल गरेका थिए ।

खेलको नवौँ मिनेटमा नुनो मेन्डिसको पासमा कप्तान रोनाल्डोले गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो । बर्नाडो सिल्भाको पासमा १५ औँ मिनेटमा जोआवो फेलिक्सले अग्रता दोब्बर बनाए । १८ औँ मिनेटमा जोआवो फेलिनियाको पासमा बर्नाडो सिल्भाले गोल गरे । ३१ औँ मिनेटमा बु्रनो फर्नान्डेजको पासमा रोनाल्डोले दोस्रो गोल गर्दा टिम ४ – ० ले अघि रहयो ।

७७ औँ मिनेटमा राफायल लियोको पासमा टाभियोले गोल गरे भने ८९ औँ मिनेटमा राफायल लियोले रुवेन नाभासको पास सदुपयोग गर्दै गोल गरेपछि पोर्चुगल ६–० को एकपक्षीय जित निकाल्न सफल भयो ।

पहिलो खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४ – ० ले पराजित गरेको थियो । ६ अंकसहित पोर्चुगल समूह जे को शीर्ष स्थानमा छ । यही समूह अन्तर्गत भएको अर्को खेलमा स्लोभानियाले बोस्निया हर्ज गोभिनियालाई २–० ले पराजित गर्‍यो । आइसल्याण्डले लिचेस्टाइनलाई ७–० ले पराजित गर्‍यो ।

    सम्बन्धित समाचार...