१४ बैशाख २०८१, शुक्रबार

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

khagraj adhikari cm

नेकपा माआवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरीने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको हो ।

माओवादी सरकारबाट बाहिरीए सँगै खजराज अधिकारी नेतृत्वको एमाले सरकार ढल्ने निश्रित भएको छ । अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।

अब एक महिनाभित्र अधिकारीले पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्रासको मत लिनुपर्नेहुन्छ अहिेलेको अवस्थामा उनले विश्रासको मत पाउन असंम्भवजस्तै छ ।

दुई मन्त्रीले दिए राजीनामा

शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

आजमात्रै माओवादीले प्रदेश सरकार बाट बाहिरिने र समर्थनपनि फिर्तागर्ने निर्णय गरेको थियो ।

Gandaki Mantri1679659757

    सम्बन्धित समाचार...