१४ बैशाख २०८१, शुक्रबार

भागबण्डा मिलाउन प्याकेजमै सहमति खोज्दै सत्तागठबन्धन

10 dal baithak gath

वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू संघ र प्रदेश सरकारको शक्ति बाँडफाँट प्याकेजमै गर्नेगरी औपचारिक छलफलमा जुटेका छन् । संघीय सरकारको सिट बाँडफाँटमा सत्ता सहयात्री दलहरूले दाबी गरेअनुसार भागबण्डा गर्न नसक्ने भएपछि दुवै तहको भागबण्डा एकै पटक गर्नेगरी सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार वालुवाटारमा दुवै तहको शक्ति वितरणमा प्याकेजमै सहमति गरेर जाने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले संघीय मन्त्रिपरिषद् र प्रदेशको नेतृत्वको टुंगो सँगसँगै लाग्ने जानकारी दिँदै भने– ‘संघीय र प्रदेश दुवै तहको सरकार गठबन्धनकै बन्छ । त्यसका लागि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । तीन÷चार दिनमा सबै टुङ्ग्याउने गरी छलफल अघि बढेको छ ।’ उनले गठबन्धनमा धेरै दलहरू भएकाले संघीय मन्त्रालयमा गठबन्धनमा रहेका दलहरूले दाबी गरेबमोजिम जिम्मेवारी दिन सक्ने अवस्था नरहेकोले प्रदेश सरकार समेतलाई ध्यानमा राखेर सबैको सहमतिअनुसार निर्णय गर्ने गरी छलफल भइरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका थिए । उनले सांसद संख्याका आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरे पनि साना दलले सहमति जनाएका छैनन् । नेताहरूका अनुसार सबैलाई सहज हुनेगरी गठबन्धनमा सहमति निकाल्न पनि प्रदेश सरकारका सन्दर्भमा समेत एकैपटक सहमति गरेर जान सकिने विषयको छलफलले प्राथमिकता पाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...