२२ बैशाख २०८१, शनिबार

यति छिटो फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भनेर मैले सोचेकै थिइनँ : प्रधानमन्त्री दाहाल

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको स्पष्ट पारेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकारमा सबै मन्त्रीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको सुनाए । तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनमा आफ्नो प्रस्तावपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको र समर्थन पनि फिर्ता लिएको स्मरण गराउँदै दाहालले आफूले संविधानतः फेरि पनि विश्वासको मत लिन लागेको बताए । उनले एमाले र राप्रपाले गरेको निर्णयको मूल्यांकन ती दलले नै गर्ने बताए ।

सो क्रममा प्रधानमन्त्री दाहालले संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् । उनले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको सुनाए । उनले भने,‘सर्वोच्च अदालतले दुई(दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन, तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’

    सम्बन्धित समाचार...