७ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीमा नेताको जिम्मेवारी हेरफेर, भुसाललाई महासचिवको जिम्मेवारी

ghanashyam bhusal 8 Dp0yVpcrEp1673607907

नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ ।

आईतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी नेताको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजदेखि लागु हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको जानकारी दिए । ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ । यो सर्वसम्मत निर्णय हो ।’ उनले भने ।

बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालय सदस्यको संख्या १९ बनाइएको छ ।

साथै खतिवडाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबदेखि सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन ।’

    सम्बन्धित समाचार...