८ बैशाख २०८१, शनिबार

सभामुखलाई प्रेम सुवालको प्रश्न- को को हुन् पित पत्रकारिता चलाउने ?

Prem Suwal
फाइल फोटो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आपत्ति जनाएका छन् । शुक्रबार सभामुख घिमिरेले पत्रकारहरु विक्रीमा छन् भन्ने अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेको सोही अभिव्यक्तिलाई लिएर सुवालले आपत्ति जनाएका हुन् ।

उनले सभामुख घिमिरेलाई पत्रकारका बारेमा दिएको अभिव्यक्ति पुष्टी गर्नका लागि छानविन समिति गठन गर्नुपर्ने बताए । ‘सभामुख महोदयको पत्रकारको बारेमा आएको छ । हुन त पत्रकारको बारेमा यहाँले अध्ययन गरेर भनेको भए छानविन समिति नै बनाउनु पर्यो । तर, सबै पत्रकार त्यसो नहोलान् । कुन–कुन हुन् पित पत्रकारिता चलाउनेहरु छानविन हुनुपर्यो । सभामुख महोदयबाट उठेको विषय भनेको सार्वजनिक महत्वको विषय हुन्छ । त्यसकारण कुन–कुन हुन् छानविन हुनुपर्यो,’– उनले भने ।

उनले सदनमा पेश भएको ‘अनुगमन तथा मुल्यांकन विधेयक २०७८’ सम्बन्धि प्रस्तावमाथि विरोधको सूचना दिएका थिए । सो प्रस्तावको विरोध गर्नुको कारणबारे बोल्दै सांसद सुवालले संवैधानिक आयोग र न्यायालय तठस्थ नभएको आरोप लगाए । उनले संवैधानिक आयोग र न्यायालय तठस्थ नहुने हो भने त्यस्ता आयोगको कुनै औचित्य नहुनेसमेत औल्याए ।

    सम्बन्धित समाचार...