१२ बैशाख २०८१, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि पदमा रहेका बेला प्राप्त महँगा उपहार बेचेको आरोप

imran 1
फाइल फोटो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि पदमा रहेका बेला प्राप्त महँगा उपहार बेचेको आरोप लागेको छ । त्यही आरोपमा सरकारले उनलाई पक्राउ गर्ने प्रयास गरिरहँदा उनी आफैं शनिबार अदालतमा उपस्थित भएका छन् ।

तर, अदालतले भने बढ्दो तनवालाई हेर्दै उक्त मुद्दाको सनुवाइ स्थगित गरेको छ । प्रहरी र खान नेतृत्वको राजनीतिक दल तहरिक ए इन्साफ पाकिस्तान (पीटीआई) का कार्यकर्ताबीच भएको झडप बढेको कारण जनाउँदै अदालतले मुद्दालाई अगाडि बढाएन । ठूलो संख्यामा कार्यकर्ताहरु पनि अदालत परिसरमा प्रवेश गर्न खोजेपछि अदालतले त्यसमा रोक लागएको थियो । आरोपी पूर्वप्रधानमन्त्री खानलाई अदालतको ढोकामै उपस्थिति गराएर फर्काइएको समाचार एजेन्सीहरुहरुले जनाएको छ ।

प्रधानमन्त्री रहेका बेला विदेशी मुलुक र राष्ट्र तथा सरकार प्रमुखहरुबाट प्राप्त महँगा ‘गिफ्ट’ व्यक्तिगत लाभका लागि बेचेको खानमाथि आरोप छ । यद्यपि खानले उक्त आरोपलाई गलत र आफूलाई चुनावमा रोक्ने प्रयास भन्दै आएका छन् । विदेश यात्राका क्रममा प्राप्त हुने उपहारलाई सरकारी तोषखानामा जम्मा गराउने प्रावधानविपरीत खानले महँगा उपहारलाई आफैं राखेर बेचेको आरोपको मुद्दा अदालतमा पुगेको हो ।

पाकिस्तानमा त्यहाँको मूल्यअनुसार ३० हजार रुपैयाँसम्मको प्राप्त उपहार सरकारी पदमा रहेका व्यक्तिले आफैं राख्न सक्ने तर, त्यसमाथिका उपहार सरकारी निकायमा जम्मा गर्नुपर्ने नियम छ । साउदी राजकुमार मोहम्मद बिन सलमानले सुनले बनेको घडी पाकिस्तानी प्रधानमन्त्रीलाई उपहार दिएका थिए । १६ करोड मूल्य मानिएको उक्त घडी खानले आफूसँगै राखेको र त्यसलाई उनको पत्नीले बेच्ने प्रयास गरेको घटना सार्वजनिक भएको थियो ।

खान इस्लामावादस्थित अदालतमा उपस्थित हुन पुगेका बेला प्रहरीले भने लाहोरस्थित जमान पार्कस्थिच उनको घरमा प्रवेश गरेको थियो । बुल्डोजरले घरको ढोका तोडेर प्रहरी खानको घरमा पुगेर ‘सर्च’ गरी फर्किएको थियो । त्यहाँ प्रहरी र खान समर्थकबीच झडप भएको थियो ।

पूर्वक्रिकेटर खान पाकिस्तानको राजनीतिमा सक्रिय भएर २०१८ को आमचुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका थिए । एक वर्षअगाडि उनी प्रधानमन्त्री पदबाट हटेका हुन् । अविश्वासको प्रस्तावमा आवश्यक मत पुर्‍याउन नसक्दा उनी सताच्यूत भएका थिए । त्यसयता उनी समर्थकले सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित समाचार...