८ बैशाख २०८१, शनिबार

संक्रमणकालीन विधेयक र विश्वासको मतमा १० दल एकै ठाउँ

10 dal baithak gath

१० दलीय सत्तारुढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीको विश्वासको मतमा एक हुने निर्णय गरेको छ।

शनिबार साझ प्रधानमन्त्री पु्ष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठकले सरकारले आईतबार संसद्‍मा प्रस्तुत गर्न लागेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयक र सोमबार प्रधानमन्त्री दाहालको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा विश्वासको मतपछि मन्त्रिपरिषद् पूर्णताको विषयमा पनि छलफल भएको बताइएको छ।

    सम्बन्धित समाचार...