१३ बैशाख २०८१, बिहीबार

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

335141110 570962668332139 7348713042168961282 n

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा सम्पन्न भएको चुनावी परिणामअनुसार मोहनले रेजिना उप्रेतीलाई २४ मतान्तरले हराएका हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए भने रेजिनाले २०९ मत ल्याइन् ।

संघको उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्ष पदमा शिवहरि बैरागी विजयी भएका छन् । कविताले १५१ मत ल्याउदाँ शिवहरिले १४० मत प्राप्त गरे भने उनीहरुका निकटतम् प्रतिद्वन्द्वी धनबहादुर बम्जन (डीब)ले १२२, सरिता गिरीले ११०, पबन प्रसाद खतिवडा (बाबा) ६६, तेज कुमारी खतिवडा (तेजुला) ९५ र विष्णुप्रसाद रिजालले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिव पदमा सविन श्रेष्ठले ११२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी संजय खतिवडाले संजय खतिवडाले ४९ धर्मनन्द आचार्यले ६६, पनाह अधिकारीले ९३ र उत्तम के.सी (चुईचुई पारेर)ले ९७ मत ल्याए ।

यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटी २२३ मतले विजयी हुदाँ उनका प्रतिस्पर्धी जीवन थापाले १७७ मत ल्याए । त्यसतै, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । उनले २६० मत ल्याएर विजयी भए । प्रतिस्पर्धी विनोदकुमार भट्टराईले १५४ मत ल्याए ।

यस्तै निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनी बुधबार नै निर्वाचित भएकी थिइन् ।

यस्तै, १० जना सदस्यहरूमा सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । अन्य सदस्यहरुमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दव प्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मतले विजयी भएका छन् ।

    सम्बन्धित समाचार...