१६ चैत्र २०८०, शुक्रबार

“बाटो भुलेर” सार्वजनिक

BATO BHULERA Paban Bhattarai 1 scaled

संसारभर रहेका तमाम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत “बाटो भुलेर” आज सार्वजनिक भएको छ ।

अर्बाजो आर्टसको प्रस्तुती रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ।

परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल, किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।