१४ बैशाख २०८१, शुक्रबार

चौतर्फी आलोचना भएपछि फेरियो राष्ट्रपति पौडेलको औपचारिक तस्बिर

pou

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर फेरेर सार्वजनिक गरिएको छ । राष्ट्रपतिको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको विषयमा सामाजिक सन्जालमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएपछि अहिले दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरिएको हो ।

चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको ‘बेवसाइट’मा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ । अहिले (बुधबार) राखिएको औपचारिक तस्बिरमा नेपालको झन्डा र सरकारको राष्ट्रिय चिह्न अर्थात् होलोग्राम देख्न सकिन्छ ।

राष्ट्रपतिको यसपटकको तस्बिर भने वास्तविक देखिएको छ । शपथग्रहणलगत्तै पहिलोपटक सार्वजनिक गरिएको औपचारिक तस्बिरमा कम्प्युटरबाट एडिट (सम्पादन) गरिएको थियो । त्यसमा राष्ट्रपतिका गालामा रहेका कोठी र अनुहारका धर्साहरु पनि हटाइएको थियो । सम्पादन गरिएको तस्बिर पौडेलको रुपरंगसँग वास्तविक देखिँदैनथ्यो ।

राष्ट्रप्रमुखको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलन भएकाले राष्ट्रपति पौडेलको आधिकारिक (औपचारिक) तस्बिर भन्दै राष्ट्रपति कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । अब राष्ट्रपति पौडेलको यही तस्बिर औपचारिक रुपमा सम्पूर्ण कार्यालयहरुमा राखिनेछ ।

Ramchandra Paudel

    सम्बन्धित समाचार...