२० बैशाख २०८१, बिहीबार

बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १३०, डीडीसीले बढायो लिटरमै १६ रुपैयाँ

ddc

दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाएको छ । बिहीबारदेखि लागू हुने गरी संस्थानले दूधको नयाँ मूल्य तोकेको हो ।

किसानलाई सरकारी निर्णयअनुसार बढेको मूल्य दिइसकेको बताउँदै डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बिहीबारदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाउने जानकारी दिए ।

संस्थानकाअनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटमा) ११ रुपैयाँ प्रतिलिटर बढ्ने छ । प्रतिलिटर हाल ८६ रुपैयाँ रहेकोमा बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ ।

त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । अब उपभोक्तालाई गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ । क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ भने बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पर्नेछ ।

    सम्बन्धित समाचार...